चैत मसान्तसम्म मेलम्चीकाे खानेपानी काठमाडौंमा पुर्याइने

काठमाडौं । सरकारले मेलच्मी खानेपानी आयोजना अस्थायी रुपमा पुर्ननिर्माण गरेर भएपनि चैत मसान्तसम्म काठमाडौं उपत्यकामा पुर्याउने निर्णय गरेकाे छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले मेलच्मी खानेपानी आयोजना पुनर्निर्माण कार्यायोजना स्विकृत गर्दै यस्तो निर्णय गरेको हो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले उक्त निर्णय भएको पुष्टि गर्दै भनिन्, ‘खानेपानी मन्त्रालयको प्रस्तावमा मेलम्ची खानेपानी आयोजना पुननिर्माण कार्ययोजना पेश भएको थियो । उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट स्विकृत गर्ने निर्णय भएको छ ।’

खानेपानी मन्त्रालयका अनुसार मन्त्रालयले तयार गरेको मेलच्मी खानेपानी आयोजना पुननिर्माण कार्ययोजनामा चैत मसान्तसम्म अस्थायी रुपमा भए पनि पुर्ननिर्माण गरेर काठमाडौं उपत्यकामा पानी पुर्याउने उल्लेख गरिएको छ । मन्त्रालयका एक उच्च अधिकारीले नेपाल प्रेससँग भने, ‘मन्त्रालयले केहि दिन अघि नै कार्ययोजना तयार पारेर मन्त्रिपरिष्द बैठकमा पेश गरेको थियो । हामीले चैत मसान्तसम्म अस्थायी रुपमा भए पनि पुर्ननिर्माण गरेर खानेपानी काठमाडौंमा पुर्याउने प्रस्ताव गरेका छौ । त्यसै अनुसार कार्ययोजना स्विकृत भएको हामीले जानकारी पाएका छौ । तर, ठयाक्कै निर्णय भने के भयो आइसकेको छैन । एक दुई दिनमा आइपुग्ला ।’

मन्त्री रेग्मीका अनुसार परराष्ट्र मन्त्रालयको प्रस्तवामा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका लागि प्रतिनिधि मण्डल गठन गर्ने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा नेपाल राजपत्रकोृ नियमित अंक हप्ताको दुइ दिन प्रकाशन गर्ने, वन तथा बातावरण मन्त्रालयको प्रस्तावमा कार्वन सञ्चितीकरणको अनुसन्धानका लागि मुलुकभरका ११ सय रुख कटान गर्ने निर्णय पनि भएको छ ।

Comments

One response to “चैत मसान्तसम्म मेलम्चीकाे खानेपानी काठमाडौंमा पुर्याइने”

  1. ksp pyl Avatar
    ksp pyl

    चैत्रसम्म त प्रक्रिया पनि शुरू हुँदैन । खानेपानी मन्त्री र सरकार काम ठेक्कामा लगाउँदैछैन । टेण्डर गरेर हाेईन । हचुवामा आफूलाई कमिशन दिने तर काम लामाे समयसम्म नगर्ने ठेकेदार नियुक्त गरेर कमाउने ध्यानमा मात्रै छ सरकार । मेलम्चीकाे पानी याे सरकारले कुनै हालतमा ल्याउन सक्दैन । लेखेर राखाैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *