राष्ट्रियसभा निर्वाचनमा यी हुन् माओवादीका ५ उम्मेदवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ५ उम्मेदवार टुंग्याएको छ। १२ माघमा हुने चुनावका लागि सत्तारुढ गठबन्धनले १९ सिटमा भागबन्डा गरेको थियो । जस अनुसार माओवादीले ५ सीट पाएको हो ।

आफूले पाएको सिटमा माओवादीले उम्मेदवार टुंग्याएको हो । माओवादीका सम्बन्धित प्रदेश समितिले उम्मेदवार टुंग्याएका हुन्।

माओवादीले प्रदेश २ बाट उर्मिला अर्याललाई महिला कोटातर्फ उम्मेदवार बनाएको छ। त्यस्तै गण्डकीबाट दलित कोटामा भगत सुनार र अन्यबाट सुरेश आलेमगरलाई उम्मेदवार बनाएको छ।

सुदूरपश्चिमबाट माओवादीले जगत पार्कीलाई उम्मेदावर बनाएका हुन्। उनी दलिततर्फबाट उम्मेदवार बनेका हुन्।

त्यस्तै कर्णालीबाट माओवादीले नरबहादुर विष्टलाई उम्मेदवार बनाएको हो। उनी अल्पसंखयक समूहबाट उम्मेदवार बनेका हुन्।

गठबन्धनका कारण यी सबै उम्मेदवार विजयी हुने निश्चित जस्तै छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *