पर्यटन बोर्डका सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन नगर्न उक्त आदेश दिएको हो ।

नेपाल पर्यटन बोर्डले सीईओ रेग्मीमाथि लागेका आरोप छानबिन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । बोर्डको ऐनअनुसार छानबिन समिति गठनसँगै रेग्मी स्वत: निलम्बन भएका थिए ।

निलम्बन गैरकानूनी भएको भन्दै रेग्मी अदालत गएका थिए ।

उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई माघ ३ गते छलफलका लागि बोलाएको छ ।

Comments

2 responses to “पर्यटन बोर्डका सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश”

  1. बैकुण्ठ श्रेष्ठ Avatar
    बैकुण्ठ श्रेष्ठ

    जिम्मेवार पदाधिकारीले कर्तब्यशिल कर्मचारीलाई सित्तै धाेक्न पाएकाे बिदेशी मदिराले लठ्ठ भई दुर्व्यवहार गर्ने चेतनाहीन ब्यक्तिले नियम बिपरित काम गर्दा प्राेत्साहन पाउनु हुन्न ।

  2. Tilak Bahadur subba Avatar
    Tilak Bahadur subba

    रक्सीले मातेर कर्मचारी लाई कुट्ने सि.ई.ओ.लाई सिधै जेल पठाउनु पर्ने मा सम्मानित सर्वोच्च अदालतको न्यायाधीश ले निलम्बन नगर्न दिएको आदेश अत्यन्त खेदजनक छ। कर्मचारी हकहित को लागि भनेर च्याउ जस्तै जन्मिएका संघ, संगठन किन मौन छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *