देउवाको तारिफ गर्दै प्रचण्डले भने – देउवाजी आज बडो सुन्दर बोल्नुभयो (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो महाविधेशनमा शुभकामना दिन आएका प्रधानमन्त्री एवं कांग्रेससभापति शेरबहादुर देउवाको तारिफ गरेका छन् ।

‘देउवाजी बडो सुन्दर बोल्नुभयो,’ आइतबार माओवादी केन्द्रको महाधिवेशनमा सम्बाधेन गर्दै प्रचण्डले भने, ‘उहाँ बडो सोझो पनि देखिनुहुन्छ । तर, उहाँले इतिहासमा खास–खास ‘स्टेटमेन्ट’ दिनु भएको छ । प्रधानमन्त्री हुँदा विद्रोही नेतालाई बडो बहादुर भनिदिनुभयो । यो सामान्य खालको कुरा होइन ।’

संविधान निर्माणमा प्रचण्डको भूमिकाबारे देउवाले राखेको भनाइको पनि उलने प्रशंसा गरे। प्रचण्डले भने, ‘बडो इमान्दारिकता पूर्व माओवादीको भूमिकाबारे जे भन्नुभयो, साँच्चै राम्रो ढंगले भन्नुभयो ।’

उनले थपे, ‘मलाई त अलि अलि डर लागेको छ, कतै आज कांग्रेसका उहाँको आलोचना हुन्छ कि ।’

गठबन्धन निरन्तर जानेबारे देउवाले बोलेको कुराको पनि प्रचण्डले तारिफ गरे। उनले भने, ‘उहाँले गठबन्धन परसम्म जान्छ भन्नुभयो । हामीलाई चाहिएको त्यही हो ।’

एमसीसीबारे देउवाले राखेको भनाइ भने व्यक्तिगत भएको प्रचण्डको भनाइ छ । ‘एमसीसीबारे उहाँले आफ्नो विचार भन्न्नुभयो,’ उनले भने, ‘हामी छलफल गर्र्दैं छौं, छलफल गरेर तय गर्र्छौं भन्नुभयो । यो बडो ठूलो कुरा हो ।’

Comments

One response to “देउवाको तारिफ गर्दै प्रचण्डले भने – देउवाजी आज बडो सुन्दर बोल्नुभयो (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    चटकेलाई आफ्नाे तारिफ खुब मन पर्छ । प्रधानमन्त्री खान पाईएकाे छ । त्यहि प्रधानमन्त्रीकाे प्रभावले सभापति जितियाे । अनि चटकेकाे तारिफ गर्नैपर्याे । तर चटकेकाे टाउकाकाे माेल ताेक्ने पनि यिनै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *