राष्ट्रियताको नाममा जनतालाई दास बनाउन पाइँदैन : नेपाल (भिडि‌ओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियताको नाममा वंश वा व्यक्तिको दास बन्ने कुरा स्वीकार नहुने बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै नेपालले राष्ट्रियताका सन्दर्भमा जुनसुकै विचार बोकेपनि सहकार्य हुने बताए ।

‘राष्ट्रियताको कुरा हो भने सबै दलहरुको एकता अवश्य हुन्छ । तर राष्ट्रियताका नाममा जनतालाई दास बनाउने कुरा स्वीकार्य हुन सक्दैन । कुनै एउटा व्यक्ति वा वंशको दासत्व जनताले स्वीकार गर्दैनन् । त्यसविरुद्ध लडेर लोकतन्त्र सुदृढ बनाउनुपर्छ’, नेपालले भने ।

उनले राजनीतिक दलहरुको अगुवाईमा राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेको बताए । गण्तन्त्र र संघीयतासहितको संविधानको रक्षा गरेर जनतालाई सुशासन दिनुपर्नेमा नेता नेपालको जोड रहेको थियो ।

‘हामीले राजनीतिक क्रान्ति पूरा गरेका छौं । जनतालाई अब सुशासन दिनुपर्नेछ । त्यसका लागि भ्रष्टाचारलाई निमिट्यान्न पार्नुपर्छ’, नेपालले भने ।

उनले नेपालमा वामपन्थी विचारप्रति जनताको आकर्षण बढ्दै गएको भन्दै वास्तविक कम्युनिष्ट पार्टीलाई जनताले विश्वास गर्ने बताए ।

Comments

One response to “राष्ट्रियताको नाममा जनतालाई दास बनाउन पाइँदैन : नेपाल (भिडि‌ओ)”

  1. kashinath Mainali Avatar
    kashinath Mainali

    दलालहरुले अरवमा जनता बेचेर रेमिट्यान्सको पैसामा ब्रह्मलुट गर्दै देशको सनातन सस्कृती ध्वस्त पार्दा पनि नपुगेर नेपाल र नेपालीलाई गुलामी बनाउन आफुलाई डलरमा बेचेर रास्ट्रघाती mcc लागू गर्न कुत्सित दुस्शाहस गर्दै छन। पार्टीको झोले नबनौ। पहिले मुलुक बचाउ। ती सकुनिको कोप भाजनमा मुलुक पर्न दिनु हुन्न। चोरहरुलाई राम्रो सङ्ग चिन्नुहोस।। रुख बोकेर हिड्ने बिपिको काङ्रेश को नेता अहिले देउवा मुलुकको प्रम छ। सबै पार्टी चिनौ। नेता चिनौ।#reject mcc👎️

Leave a Reply

Your email address will not be published. Required fields are marked *