आठौं राष्ट्रिय महाधिवेशनमा ११ दललाई माओवादीको निम्तो

काठमाडौं । राष्ट्रिय सम्मेलनको तयारी गरेर अन्तिममा महाधिवेशनमा रुपान्तरण गरेको नेकपा (माओवादी केन्द्र)ले उद्घाटन समारोहमा ११ वटा राजनीतिक दललाई निम्तो पठाएको छ।

महाधिवेशन नभइ राष्ट्रिय सम्मेलन गर्न लागेकाले यसअघि माओवादीले कुनै पनि देशी, विदेशी पाहुनालाई नबोलाउने बताएको थियो। कार्यालय सचिव श्रीराम ढकालले उद्घाटन समारोहमा सबै दललाई निम्तो पठाएको बताए।

महाधिवेशनमा उपस्थितिका लागि माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई टेलिफोन गरेरै निमन्त्रणा दिएका थिए । गृहजिल्ला झापाको कार्यक्रममा व्यस्त रहेका ओलीले आफू आउन नभ्याउने जवाफ दिएका थिए ।

आज अपराह्न ३ बजे उद्घाटन हुने महाधिवेशनमा माओवादीले एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा (माले), राप्रपासहित ११ दललाई निम्तो पठाएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *