काठमाडौं । मानव अधिकारको लागि महिला, एकल महिला समूह (डब्लूएचआर) को केन्द्रीय अध्यक्षका लागि पहिलोपटक मोफसलका महिला अगाडि सरेका छन् । बाँके जिल्लाकी शोभा बीसीले अध्यक्षमा उम्मेदवारी दर्ता दिने चर्चासङ्गै एकल महिला वृत्तमा उनीप्रतिको क्रेज बढेको छ ।
सशस्त्र द्वन्द्वका बेला ०५९ सालमा नेपाली सेनामा कार्यरत श्रीमान् सुरेन्द्र बीसी अर्घाखाँचीको सन्धीखर्चमा मारिएपछी २१ वर्षको उमेरमा बिधवा भएकी बिसीले आफूजस्तै विधवा महिला संगठित गरी ०५९ सालदेखि बाँकेमा डब्लूएचआरलाई क्रियाशील बनाएकी थिइन् ।
०५९ सालमा डब्लूएचआरको जिल्ला अध्यक्ष भएपछि क्षेत्रीय अध्यक्ष हुँदै केन्द्रीय सदस्य र हाल केन्द्रीय उपाध्यक्ष भएर एकल महिला हकहितका लागि काम गरिरहेकी बिसीले अध्यक्षका लागि मतदान भए भारी मतले निर्वाचित हुने चर्चा पनि देशभरका एकल महिलाहरूबीच चर्चा छ ।
२०५२ सालमा विधीवत रूपमा स्थापना भएपछी डब्लूएचआरमा काठमाडौंबाहिरबाट कोही पनि महिला अध्यक्ष हुन नसकेको अवस्थामा आफू अध्यक्षका लागि अग्रसर भएको बीसीको भनाइ छ ।
बीसी काम र व्यवहारका कारण सबै महिलाहरू बीच प्रिय भएका कारण पनि उनको जित पक्का भ्सेको मतदाता एकल महिलाहरूको बुझाइ छ ।
शोभाको उम्मेदवारीले काठमाडौंबाहिरका महिला पनि अध्यक्ष हुन लायक छन् भन्ने प्रमाणित गरेको भन्दै खुशी व्यक्त गरिरहेका छन् ।

Leave a Reply