स्थानीय तहको सरुवा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । दुई सय ३२ जना कर्मचारीको अन्तर स्थानीय तह सरुवाको निर्णयसँगै अनिश्चतकालका लागि अन्तर स्थानीय तहकाे सरुवा रोकिएको छ । सरकारले अर्काे सूचना जारी नभएसम्मका लागि अन्तर स्थानीय तहबीचको सरुवाको कामकाज स्थगित गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि सरुवा रोकेको हो ।

लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारीलाई कामकाजमा खटाउने सम्बन्धी कार्य मन्त्रीस्तरीय निर्णयानुसार अर्को व्यवस्था नभए सम्मको लागि स्थगित गरिएको मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव बसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार मंगलबारसम्म मन्त्रालयमा प्राप्त प्राप्त निवेदनको आधारमा कामकाजमा खटाउने काम सकेर मन्त्रालयको वेवसाइटमामा राखि सकिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *