ललिता निवास जग्गा प्रकरण : मुख्य बिचौलिया पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणका मुख्य बिचौलिया पक्राउ परेका छन् । प्रहरीले मंगलबार सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका २ जना मुख्य बिचौलियालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका—१३ ताहाचल ठेगाना भएका ५७ वर्षीय राम कुमार सुवेदी र सोही ठाउँ बस्ने ५५ वर्षीया माधवी सुवेदी रहेका छन् ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले राम कुमारलाई काठमाडौं कमलादीबाट र माधवीलाई ताहाचलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रामकुमार सुवेदी समेतका प्रतिवादीहरूले विभिन्न व्यक्तिहरूको संलग्नतामा झूठो र किर्ते समेतको फरक व्यहोराको प्रस्ताव पेशमार्फत कानूनको दुरूपयोग र अपव्याख्या एवं मन्त्रिपरिषदको निर्णय विपरीत समेत गरी बदनियतपूर्वक राज्यलाई हानी हुने गरी सरकारी जग्गा हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *