कैलालीको जंगलमा घाँटी रेटेर युवकको हत्या

कैलाली। कैलालीमा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ ।

जिल्लाको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

उनको शव अमरावती सामुदायिक वनमा फेला परेको प्रहरीले जनायो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बिश्व अधिकारीले सामुदायिक वनमा घाँटी रेटेर हत्या गरेको अवस्थामा दासको शव फेला परेको जानकारी दिए । उनले घटना बारे अनुसन्धान भइरहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *