६७ देशबाट नेपाल आउँदा सात दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने (सूचीसहित)

काठमाडौं । कोराना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिका विश्वका विभिन्न ६७ देशबाट नेपाल आउनेले अनिवार्य सात दिन क्वारेन्टिन बस्नुपर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागले सूचना जारी गर्दै नेपाल आउनेले होटल क्वारेन्टिन बस्नुपर्ने मापदण्ड तोकेको हो ।

जारी सूचनामा होटल क्वारेन्टिनमा बस्दा लाग्ने खर्च स्वयम्र व्यक्तिले व्यहोर्नु पर्नेछ । रिपोर्ट पोजेटिभ आए थप सात दिन होम आइशोलेसनमा बस्न पनि विमानस्थलले आग्रह गरेको छ । मंसिर १३ गतेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण भएका देशबाट नेपाल आउँदा कडाइ गर्ने निर्णय गरेको थियो ।

छिमेकी भारतसहित एसियाली देशहरूमा पनि ओमिक्रोन फैलिँदै गएकाले कडाइ गरिएको विभागका निर्देशक मुकेशकुमार केसीले बताए ।

अध्यागमनको सूचीमा अमेरिका, बेलायत, क्यानडा, स्पेन, इटाली, डेनमार्क, अस्ट्रिया, बेल्जियम, साइप्रस, फ्रान्स, जर्मनी, ग्रिस, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, सिंगापुर, स्विट्जरल्यान्ड, टर्की, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया र माल्दिभ्सलगायत देश छन् ।

अफ्रिकी देशका नागरिकलाई यसअघि नै सरकारले अनअराइभल भिसामा रोक लगाइसकेको छ ।

Comments

2 responses to “६७ देशबाट नेपाल आउँदा सात दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने (सूचीसहित)”

  1. Kanchho Avatar
    Kanchho

    yo directive sahi garne Keshari hakim lai sodhera kaile dekhie yo niyam lagu hunchha bhandim ta.

  2. Arunbhaktarajlawat Avatar
    Arunbhaktarajlawat

    Buster dose lagaune le pani basnu parcha?

Leave a Reply

Your email address will not be published. Required fields are marked *