रुपन्देही । बुटवलमा जारी उपमेयर कप अन्तर पालिकास्तरिय राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७८ मा अन्तिम चार टिमको टुंगो लागेको छ ।
शुक्रबार भएको क्वाटरफाइनल खेलमा विजयी हुँदै बेनी, तिलोत्तमा नगरपालिका, भिमदत्त र बुटवल उपमहानगरपालिकाले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।
पहिलो क्वाटरफाइनल खेलमा बेनीले टिकापुर नगरपालिकालाई २–०, दोस्रो खेलमा तिलोत्तमा नगरपालिकाले गोदाबरी नगरपालिका कैलालीलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । यसैगरी भिमदत्त नगरपालिका, कंचलपुरले बिरेन्द्रनगर नगरपालिका सुर्खेतमाथि २५–१७, २५–१६ को सोझो सेटमा जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
बुटवल उपमहानगरपालिकाले बाणगंगा नगरपालिकालाई २५–७, २५–१२ को सोझो सेटमा पराजित गरेको हो ।
शनिबार बिहान पहिलो सेमीफाइनल खेल तिलोत्तमा नगरपालिकाले बेनी नगरपालिका तथा दोस्रो खेलमा बुटवल उपमहानगरपालिकाले भिमदत्त नगरपालिकासंग सामना गर्नेछ ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरी उपविजेता टिमले नगद ७५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, तृयिी टिमले नगद ३५ हजार रुपैयाँ तथा चौथौ टिमलाई १५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक अर्जुन घिमिरेले बताए ।
लिग कम नकआउटको आधारमा खेलाइएको प्रतियोगितामा आयोजक बुटवल उपमहानगरपालिकासहित भिमदत्त नगरपालिका महेन्द्रनगर, टिकापुर नगरपालिका कैलाली, कोहलपुर नगरपालिका, विरेन्द्रनगर नगरपालिका सुर्खेत, तिलोत्तमा नगरपालिका, बेनी नगरपालिका म्याग्दी, पोखरा महानगरपालिका, सैनामैना नगरपालिका, वाणगंगा नगरपालिका ग िी१० टिमले भाग लिएका छन् ।

Leave a Reply