कांग्रेसका युवा नेता गुरु बराल केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । आजबाट शुरु भएको नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धाको तयारी भइरहेको बेला कुनै बेलाका चर्चित विद्यार्थी नेता गुरु बरालले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेविसंघका पूर्व उपसभापति रहेका बराल कांग्रेसमा अवसर नपाएका नेता मानिन्छन् । युवामाझ लोकप्रिय भए पनि बराल अहिलेसम्म पार्टी र राजकीय सत्ताको अवसर नपाएका नेता हुन् ।

कास्कीबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका बराल संस्थापन पक्षका केन्द्रीय सदस्यका उम्मेदवार हुन् । उनी १३ औं महाधिवेशनमा प्यानलमा नपरेका कारण पराजित भएका थिए ।

बराल २०७४ सालको आम निर्वाचनमा कास्कीबाट प्रदेशसभा सदस्यको उम्मेदवार थिए । आफ्ना समकालीनहरु पार्टीको नेतृत्व र सांसद तथा मन्त्री भइसके पनि उनी जिल्लाकै राजनीतिमा क्रियाशील छन् ।

पार्टीलाई वैचारिक रुपमा पनि सबल बनाउन आफू केन्द्रीय कार्यसमितिमा जान चाहेको बरालले बताए ।

Comments

One response to “कांग्रेसका युवा नेता गुरु बराल केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दै”

  1. पौडेल विमुन्स Avatar
    पौडेल विमुन्स

    काङ्ग्रेस ले साथ लिएर अगाडि बढ्नै पर्ने सशक्त नेता हुन् गुरु बराल। अग्रिम शुभकामना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *