नेकपा विभाजनको असर प्रवासमा, डेनमार्कमा ओली पक्षको नयाँ नेतृत्व

काठमाडौं । नेकपा विभाजनसँगै प्रवासमाा रहेका कार्यकर्ता पनि विभाजित भएका छन् । नेकपाको प्रवासी संगठन प्रवासी नेपाली एकता मञ्च डेनमार्कमा केपी अ‍ोली पक्षले नयाँ कमिटी गठन गरेको छ ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार समेत रहेका नेकपा नेता डा.राजन भट्टराईको भर्चुअल उपस्थितिमा प्रवासी नेपाली मन्च पुनर्गठन गरिएको पूर्व अध्यक्ष घनश्याम गौतमले बताए । शिव चापागाईको अध्यक्षतामा भएको बैठकमा पुष्प तिमल्सिना,घनश्याम गौतम,सुशील घिमिरे,सुमन थापा लगायतले ओलीको कदमको पक्षमा बोलेका थिए ।

सोही बैठकले शिव चापगाई अध्यक्ष र राघवेन्द्र कार्की रविन सचिव रहने गरि प्रवासी नेपाली मञ्च डेनमार्क पुनर्गठन गरेको छ । कमिटीमा घनश्याम गौतम,शुशिल घिमिरे,कृष्ण धानुक, शिब कार्की, नरेन्द्र बहादुर बस्नेत,,उद्दब भट्टराई,चित्र प्रसाद पन्त,कृष्ण प्रसाद पराजुली, बिशाल थापा, शुसिल पहारी, रंजना श्रेष्ठ, अर्जुन पौडेल, शालिकराम शर्मा, राजेन्द्र भट्ट, भुवन ध्वज थापा, गोपाल नेपाल, सुमन थापा, रोहन घिमिरे, शुसन बराल सदस्य छन् ।

Comments

One response to “नेकपा विभाजनको असर प्रवासमा, डेनमार्कमा ओली पक्षको नयाँ नेतृत्व”

  1. सिव चापागाई वाग्लुङ्ग Avatar
    सिव चापागाई वाग्लुङ्ग

    यो सिव चापागाई दलाल हो है

Leave a Reply

Your email address will not be published. Required fields are marked *