राष्ट्रिय सम्मेलनबारे छलफल गर्न माओवादीले बोलायो स्थायी समिति बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आसन्न राष्ट्रिय सम्मेलनबारे छलफल गर्न स्थायी समितिको बैठक बोलाएको छ। माओवादी केन्द्र कार्यालयका मुख्य सचिव श्रीराम ढकाले बैठक भोलि बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको जानकारी नेपाल प्रेसलाई दिए।

ढकालका अनुसार बैठक राष्ट्रिय सम्मेलन केन्द्रित हुने छ। यसअघि पनि राष्ट्रिय सम्मेलनबारे स्थायी समितिमा दुई दिन छलफल भएर विभन्न निर्णय भएका थिए ।

माओवादीले आगामी पुस ११-१३ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै छ। वडा र पालिका सम्मेलन गरिसकेको माओवादीले मंसिर २५ गते प्रदेश सम्मेलन गर्दै छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *