एमालेमै बसेका १० नेताप्रति माधवको टिप्पणी- सुतौं निद्रा छैन, उठौं चैन छैन (भिडिओ)

इटहरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो साथ छाडेर एमालेमै बसेका नेतालाई  लक्षित गर्दै कटाक्ष गरेका छन् ।

नेकपा एसको दुई दिने प्रदेश १ भेलाको उद्घाटन गर्न आएका नेपालले भने, ‘त्यहा बस्नेहरुलाई सुतौं निन्द्रा छैन, उठौं चैन छैन’ भन्दै कटाक्ष गरेका हुन् ।

नेता नेपालले एमाले विभाजन गर्दा भीम रावल लगायतका नेताहरुले उनलाई साथ दिएका थिएनन् । रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, घनश्याम भुसाल लगायतका नेताहरुले नेपाललाई पार्टी विभाजनमा साथ नदिइ एमालेमा नै बसेका थिए ।

नेपाललाई साथ नदिइ अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरी एमालेमा नै फर्किएका थिए । ओलीसँग सहमति गर्दा एमालेमा नै फर्किएका उनीहरु अहिले भने तितरवितर भइसकेका छन् ।

नेकपा एमालेले जबजलाई नारायणी किनारमा बगाएको आरोप लाउदै नेता नेपालले नेकपा एस क्रान्तिकारी पार्टी भएको बताए । उनले २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीकै निरन्तरता र परिवर्तित रूपमा आफ्नो पार्टी आएको दाबी गरे ।

Comments

2 responses to “एमालेमै बसेका १० नेताप्रति माधवको टिप्पणी- सुतौं निद्रा छैन, उठौं चैन छैन (भिडिओ)”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    कति हास्नु हो

  2. ksp pyl Avatar
    ksp pyl

    महाअधिवेशनमा ओलिकाे हाईहाई देखेर यसकाे चाहिँ निद्रा नै हरान थालेछ । यस्तै हाे भने बहुलाउन बेर छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *