काठमाडौं । नेकपा (एमाले) नेता भीम रावलले संसद अवरुद्ध पारिरहनुको औचित्य नभएको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि संसद अवरुद्ध गर्ने संकेत गरेका बेला जनताको आवाज उठानुपर्ने थलो अवरुद्ध पार्नुको अर्थ नहुने बताएका हुन् ।
ट्वीट गर्दै रावलले अवरोध नै गर्ने भए सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्ने नभए अवरोधको अर्थ नहुने भनाइ राखेका छन् ।
‘संसद देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो,’ उनले भनेका छन्, ‘सरकारका सबै कामकारवाही हुन दिइ संसद अवरूद्ध गरेको भन्नुको अौचित्य छैन ।’
उनले थपेका छन्, ‘कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्यो । अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ।’
एमाले अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएयता रावलको यो पहिलो सार्वजनिक टिप्पणी हो ।

Leave a Reply