आचार्यको अध्यक्षतामा बागलुङ-काठमाडौं सम्पर्क समन्वय समिति गठन

काठमाडौं । विष्णु आचार्यको अध्यक्षतामा बागलुङ-काठमाडौं सम्पर्क समन्वय समिति गठन भएको छ ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा समितिको नयाँ कार्यसमिति गठन भएको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा सहभागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनताको हितमा समितिले खेल्नुपर्ने भूमिकाको चर्चा गरे ।

समितिको उपाध्यक्षमा कमल विश्वकर्मा, डम्मर थापा र आरती शर्मा चयन भएका छन् । सचिवमा दिनेश रेग्मी, सहसचिव ध्रुव चालिसे र कोषाध्यक्ष प्रेमबहादुर अधिकारी चुनिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *