एमाले दुराशययुक्त अभियान लिएर चितवन आयो : पम्फा भुसाल (भिडिओ)

चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले एमालेको महाधिवेशन दुराशययुक्त अभियानका रूपमा चितवनमा गर्न लागिएको आरोप लगाएकी छन् ।

भरतपुर महानगरको कार्यक्रममा बोल्दै मन्त्री भुसालले कम्युनिष्ट आन्दोलनको नेतृत्वकर्तालाई समाप्त गर्न महाधिवेशन भरतपुरकेन्द्रित गरिएको जिकिर गरिन् । ‘हिजो आन्दोलन दमन गर्न सकेनन्, प्रतिगमन र प्रतिक्रान्तिबाट समाप्त गर्न नसकेपछि अहिले नेतृत्वलाई पराजित गर्न सकिन्छ कि भनेर एउटा दुराशययुक्त अभियानद्वारा हिँडेका छन्’, उनले भनिन्, ‘यही भरतपुरलाई थलो बनाउन खोजेको देखिरहेका छौँ, केही दिनमै नारायणी किनारमा कुम्भ मेलाका रूपमा हुँदैछ भन्ने सुनेको छु ।’

उनले परिवर्तनको आन्दोलनमा साथ दिएको चितवन त्यस्ता भ्रममा नपर्ने बताइन् । ‘म सक्रिय राजनीतिमा प्रवेश गर्दा चितवनलाई ७६ जिल्ला भनिन्थ्यो, अहिले ७८ औँ जिल्ला हो’, उनले भनिन्, ‘विगतको आन्दोलनका भूमिका र त्यसको जगमा पैदा भएका जनता परिवर्तनमा खेलेको भूमिका, समाजवादको दिशामा अगाडि बढ्ने चितवनले कुनै प्रतिगमनकारी, प्रतिक्रान्तिलाई साथ, सहयोग दिने छैन ।’

मन्त्री भुसालले नारायणी नदी तटबन्धन गर्न ३ वर्षलाई ५ अर्बको बजेट सुनिश्चित भइसकेको बताइन् । उनका अनुसार चितवनतर्फ १७ किमि र नवलपुरतर्फ १८ किमि तटबन्धन हुनेछ । यस्तै माडीका खोलाहरूको तटबन्धन गर्न २० करोड बजेट स्वीकृति भएकाले छिट्टै काम सुरू हुने बताइन् ।

Comments

One response to “एमाले दुराशययुक्त अभियान लिएर चितवन आयो : पम्फा भुसाल (भिडिओ)”

  1. Megh Raj acharya Avatar
    Megh Raj acharya

    छ्या…!हुन त राजनीति बिदेशिको आडमा बन्दुक देखाएर डकैती शैली वा छिमेकिको घरबाट आगो मागेर,छिमेकी नै सल्काउनेसङ्ग के आस गर्नु र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *