काठमाडौं । प्रधानन्यायाधीशविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुको संगठन नेपाल बार एसोसिएसनले आन्दोलनको नयाँ तालिका सार्वजनिक गरेको छ । बार केन्द्रीय कार्यसमितिको वैठकबाट आइतबारदेखि शुक्रबारसम्मका लागि आन्दोलन कार्यक्रम तय गरेको हो ।
घोषित कार्यक्रम अनुसार आइतबार देशभरका सबै अदालतमा बन्दी प्रत्यक्षीकरणबोहका मुद्दाहरुमा बहस बहिष्कार गरिने छ । यसका लागि सम्बन्धित अदालतमा पत्राचार गर्न सबै बार एकाईहरुलाई केन्द्रले अनुरोध गरेका छ ।
सोमबार देशभरका अदालतहरुमा १० देखि १२ बजेसम्म कालोपट्टिसहित धर्ना र विरोध कार्यक्रमलाई निरन्तरता दिइने छ । साथै, केन्द्रमा संसदका सबै राजनीतिक दलका संसदीय दलहरुमा ज्ञापनपत्र र ध्यानाकर्षण पत्र दर्ता गराइने बारले जनाएको छ ।
मंगलबार हदम्याद गुज्रिने अवस्थाको बाहेक कुनै पनि अदालतमा फिराद, रीटलगायत केही पनि दर्ता नगर्ने र नगराउने बारको निर्णय छ । यस्तै, बुधबार राज्यका १८ वटा उच्च अदालत तथा उच्च अदालतका इजलास रहेका स्थानमा वृहद विरोध सभ ागर्ने भनिएको छ ।
बिहिबार र शुक्रबार काठमाडां उपत्यकाका सबै बार एकाईका सदस्य कानून व्यवसायीको सहभागितामा सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिने भनिएको छ । बारका महासचिव लीलामणि पौडेलले आगामी २४, २५ र २६ गते पोखरामा हुने भनिएको राष्ट्रिय सम्मेलन हाललाई स्थगित गरिएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।


Leave a Reply