वडा सम्मेलनमा विभाजित मनोविज्ञान नराखि लाग्न माओवादीको अपिल

काठमाडौं । नेकपा (मओवादी केन्द्र) ले भोलि देशभर हुने वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवम् मानसिकता नराखि एकताबद्ध भएर लाग्न अपिल गरेको छ । माओवादी प्रवक्ता कृष्णबहादुर महराले शुक्रबार एक विज्ञप्ति जारी गर्दैै पार्टी निर्माणमा जुटन् आह्वान गरेका हुन्।

‘हाम्रो पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवम् मानसिकता नराखि एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्न सक्ने नयाँ एवम् रुपान्तरित पाटी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दै सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दछ,’ महराले जारी गरेको अपिलमा भनिएको छ।

आगामी पुस ११–१३ मा राष्ट्रिय सम्मेलन गर्न लागेको माओवादीले भोलि वडा सम्मेलन, ११ गते पालिका र २५ गते प्रदेश सम्मेलन गर्दै छ। सर्वसम्म नेतृत्व चयनमा जोड दिएको माओवादीले पहिलोपटक आन्तरिक निर्वाचनको विकल्प पनि खुला राखेको छ।

निर्वाचन प्रयोजनका लागि वडादेखि पालिकासम्म निर्वाचन समिति पनि गठन भएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *