काठमाडौ । नेकपा एसनिकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई संस्थापक नेता तथा सो संगठन आवद्ध क्रियाशील पत्रकारले बहिस्कार गरेर बाहिरिएका छन् ।
तत्कालीन एमालेनिकट प्रेस चौतारीका उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत विभिन्न पदबाट विद्रोह गरेर नेकपा एसमा लागेका पदाधिकारी र सदस्यहरुले नेतृत्व चयनमा एकलौटी गरेर वास्तविक पत्रकारलाई बेवास्ता गरिएको भन्दै बहिस्कार गरेका हुन् ।
राजधानी काठमाडौंको अर्पण पार्टी प्यालेसमा जारी भेलालाई विश्वमणि सुवेदी, नरेन्द्र साउद, रामकुमार एलन, जीवन विसी, रामकुमार शाही, भवानी कार्की, तेजप्रसाद वाग्लेलगायतले बहिस्कार गरेका हुन् ।
सुवेदी र साउद चौतारीको उपाध्यक्ष थिए भने एलन उपमहासचिव थिए । चौतारीबाट विद्रोह गरेका नेताहरुले शम्भु श्रेष्ठलाई अध्यक्ष माने पनि वरिष्ठ उपाध्यक्षमा विश्वमणि सुवेदी, दोस्रो वरियताको उपाध्यक्षमा नरेन्द्र साउद र महासचिवव रामकुमार एलनलाई प्रस्ताव गरेका थिए ।
यसअघि चौतारीको सचिव रहेका अमृत तिमल्सिना नेकपा एसको केन्द्रीय सदस्यको हैसियतमा मन्चमा बस्दा उनीभन्दा सिनियरहरुलाई अपमान गरेर संगठनमा क्रियाशील नै नभएका व्यक्तिलाई अघि सारिएपछि बहिस्कार गरिएको उनीहरुले बताएका छन् ।
समाजवादी प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ र महासचिवमा भुपराज खड्काको नाम घोषणा हुन लागेपछि साविक चौतारीका पदाधिकारीले बहिस्कार गरेर बाहिरिएका हुन् ।
घोषणासभालाई अध्यक्ष माधव नेपाल, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालगायतले सम्बोधन गरेका छन् ।

Leave a Reply