देउवालाई कमल थापाको सुझावः राजाविरुद्ध आक्रोश होइन, सुशासन दिनुस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्ष्यित गर्दै दिएको अभिव्यक्तिप्रति राप्रपा अध्यक्ष कमल थापाले असन्तुष्टि व्यक्त गरेका छन् । राजाविरुद्धको आक्रोशको साटो सुशासन दिन उनको आग्रह छ ।

थापाले देशमा संघीय गणतन्त्र असफल भएको भन्दै राजालाई गाली गरेर राज गर्ने जमाना नरहेको बताएका छन् ।

ट्वीटरमा उनले लेखेका छन्, ‘न्यायालय हडतालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचार/सर्वसत्तावादमा लिप्त छ, धर्मपरिवर्तन व्यापक भएको छ, रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन् । संघीय गणतन्त्र असफल भैसक्यो । राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन ।’

गणेशमान स्मृति प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले पूर्वराजालाई गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिँदै शासन गर्ने मन भए चुनाव लड्न चुनौती दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *