गठवन्धनले बनायो देउवाबाहेकका शीर्ष नेताको समन्वय समिति

काठमाडौं । सत्तारुढ पाँच दलिय गठवन्धनले सरकारलाई सघाउन भन्दै ११ सदस्यिय समन्वय समिति निर्माण गरेको छ । समितिमा पाँचवटै दलका दुई-दुई जनाको प्रतिनिधित्व रहने भएको छ ।

आज बसेको गठवन्धनको बैठकले सो निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समितिमा ११ जना रहने र उनीहरुमध्ये ३ जनाको नाम टुंगो लाग्न बाँकी रहेको बताए ।

समितिको प्रधानमन्त्री शेरबहादुर देउवा छैनन् । कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई समितिमा राखिएको छ । माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहने छन् भने अर्का सदस्यको नाम माओवादीले दिन बाँकी छ ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट माधवकुमार नेपाल छन् । सो पार्टीले पनि अर्को सदस्य छानिसकेको छैन । यस्तै, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव सदस्य छन् भने अर्को नाम पार्टीले दिन बाँकी छ । राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल रहेका छन् । समितिमा सरकारका तर्फबाट मन्त्री कार्की छन् ।

मन्त्री कार्कीले आसन्न राष्ट्रिय सभाको चुनाव र उपचुनावलाई पनि ध्यानमा राखेर समिति बनाइएको बताए । यस समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि उपस्थिति रहने उनको भनाइ छ ।

Comments

2 responses to “गठवन्धनले बनायो देउवाबाहेकका शीर्ष नेताको समन्वय समिति”

  1. Madan Bhandari Avatar

    12 बुदा दिल्लि सम्झौताका शीर्ष नेताहरु रहेको समन्वय समिती!!जुन सम्झौता का मध्यस्त कर्ता,इन्ड्या मेगालाइन को काङ्ग्रेस आइ को सम्सद सोनिया गान्धिको राइट हेण्ड धुर्बनाथ जोशिको ज्वाइँ नेपालको तत्कालीन काङ्ग्रेस संसद कृष्ण सिटौला थिए….जस्ले नै हो रह का कर्मचारिको घेरा भित्र त्यो नेपाल देश बिरुद्ध सम्झौता गरायो!!जुन राजनितिक समीकरण कथित जनयुद्ध हुदै देखि थियो(सत्ताधारी काङ्ग्रेस,भाइ काङ्ग्रेस माकुने,सो कल बिद्रोही माओबादी अनि रह,सिआइए) आज पनि त्यो कायमै छ राजनैतिक अपराध देश र जन्ता माथी भैरहेको छ।आम जन्ताले बुज्नुपर्ने मुख्य कुरा यो हो।

  2. ksp pyl Avatar
    ksp pyl

    सरकार जति लम्बिदै जान्छ त्यति नै गठबन्धन कमजाेर हुँदै जान्छ । देश विकास, सम्वृद्दि यिनकाे उद्देश्य नै हाेईन । एमाले र ओलिकाे त्रासले, अब हामी सकिने भयाैं भन्ने भयले जबर्जस्ति मिलेकाे देखाएका हुन् । याे स्वार्थीहरूकाे झुण्ड हाे र यसकाे मुख्य काम देश लुट्ने हाे, एमालेलाई कमजाेर बनाउने हाे । यिनीहरूले राम्राे काम गरेर हाेईन कि एमालेलाई कमजाेर बनाएर आफ्नाे भविष्य सुनिश्चित गर्न खाेजेका हुन् । तर जनताले यिनलाई चिनीसके । याे स्वार्थहरूकाे झुण्डले केही गर्दैन र आगामी चुनावमा यिनलाई पाठ सिकाउने निर्णयमा जनता पुगिसके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *