चितवन । जंगली हात्तीको आक्रमणबाट पूर्वी चितवनका एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट पूर्वी चितवनमा पर्ने राप्ती नगरपालिका १ घलान चोकका २८ वर्षीय सागर लामाको मृत्यु भएको हो ।
घर नजिकैको ड्याम साइडमा शनिबार राति ८ बजे अन्य दुई साथीसँगै घुम्न निस्केका उनीहरुलाई जंगली हात्तीले लखेटेको थियो । चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले राति देखि सम्पर्क विहिन सागर लामा विहान ८ बजेतिर मृत भेटिएको बताए ।
सागरको शव मकवानपुरको मनहरि गाउँपालिका ६ खयरघारी (लोथर खोला पारी)मा भेटिएको थियो । हात्तीको आक्रमणबाट उनीसँगै गएका कृष्ण लामाको खुट्टामा सामान्य चोट छ । अर्का शक्ति गुरुङ सकुशल छन् ।

Leave a Reply