वडाध्यक्ष साहले दलित विपन्न महिलालाई बाँडे छठ सामग्री

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१ का वडाध्यक्ष शत्रुधन साहले दलित विपन्नलाई शुक्रबार छठ सामग्री बाँडेका छन् । रेल्वे स्टेशन चोकमा एक समारोहबीच वडाध्यक्ष साहले दलित विपन्न महिलालाई छठ सामग्री वितरण गरेका हुन् ।

इस्ट मित्र र आफ्नो लगानीबाटै करिब चार सय ब्रतालु महिलाका लागि साडी, गहुँ, चिनी, नारिवल र अगरबत्ती बाँडेको वडाध्यक्ष साहले जानकारी दिए । वडाध्यक्ष साह हरेक वर्ष छठ ब्रतालु महिलालाई सहयोग गर्दै आएका छन् । केहि दिन अगाडी मात्र बेमौसमी वर्षाले धानमा क्षति पुर्याएको भन्दै पीडित किसानलाई आफुले व्यक्तिगत रुपमा नै राहत दिने उनले घोषणा गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *