राखेप सदस्य सचिवमा विष्णु कुमार ढकाल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णुकुमार ढकाललाई दिइएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमित्त सचिव डा. कमलप्रसाद पोखरेलले जानकारी दिए ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको बैठकले खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई अर्को व्यवस्था नहुँदासम्मको लागि राखेप सदस्य सचिवको जिम्मेवारी दिएको पोखरेलले बताए ।

यसअघि केपी ओलीको सरकारका पालामा नियुक्त गरिएका सदस्य सचिव रमेश सिलवाललाई वर्तमान सरकारले बर्खास्त गरेपछि सो पद रिक्त छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *