एक करोडमा नेपाली वितरकले किने अक्षय-कट्रिनाको ‘सूर्यवंशी’, शुक्रबारदेखि देशव्यापी प्रदर्शन हुँदै

काठमाडौं । अन्ततः लामो समयको अन्यौलतापछि अक्षयकुमार र कट्रिना कैफ स्टारर बलिउड फिल्म ‘सूर्यवंशी’ आगामी शुक्रबार नेपाली फिल्म हलहरुमा प्रदर्शन हुने भएको छ ।

कोरोना महामारीको कारण यो फिल्मको रिलिज डेट पटक-पटक पोस्टपोन्ड भएको थियो । नेपाल प्रेसलाई प्राप्त विवरण अनुसार बलिउड फिल्मको नेपाल वितरक व्यांकटेस इन्टरटेनमेन्टले १ करोड रुपैयाँ भन्दा बढी मूल्य तिरेर फिल्मको नेपाल वितरण राइट किनेको छ ।

वितरक मनोज राठीले शुक्रबार नेपाली फिल्म हलहरुमा यो सिनेमा रिलिज हुने पुष्टि गरे । ‘यो कठिन परिस्थितीमा कति मूल्यमा राइट खरिद भयो भन्दा पनि फिल्म रिलिज हुनु नै ठूलो कुरा हो’ उनले भने, ‘दर्शकलाई हलसम्म तान्न सूर्यवंशी सक्षम हुनेछ भन्ने हामीलाई लाग्छ ।’

अहिले नेपाली फिल्म उद्योगकै नजर पनि सूर्यवंशीमाथि छ । नोभेम्बर ५ मा यो फिल्म नेपाल र भारतसहित विश्व बजारमा प्रदर्शन हुँदैछ । रोहित सेठ्ठीको निर्देशनमा तयार भएको यो फिल्ममा अक्षय र कट्रिनाको मुख्य भूमिका छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *