टेस्लाको नयाँ फिचरमा रिमोट कन्ट्रोलसहितको सुरक्षा क्यामेरा

काठमाडौं । प्रसिद्ध अमेरिकी विद्युतीय कार कम्पनी टेस्लाको नयाँ फिचरमा रिमोट कन्ट्रोलसहितको सुरक्षा क्यामेराको सुविधा प्रयोगकर्ताले पाउने भएका छन् । यसको प्रयोगबाट प्रयोगकर्ताले आफ्नो पार्किङमा राखिएको कारको वरिपरी कोही आएको र सुरक्षाको प्रत्यक्ष निगरानी गर्न पाउने भएका छन् ।

टेस्लाको नयाँ सफ्टवेर अपडेट २०२१.३६.८ मा थपिएको यो सुविधासँगै प्रयोगकर्ताले टेस्लाको आइओएस एपमार्फत कारको सेन्ट्री मोड अन गरेर निगरानी राख्न सक्नेछन् ।

‘अब तपाईँले पार्किङमा रहेको टेस्ला कारको वरिपरी हेरेर कारमा जानका लागि सुरक्षा सुनिश्चित गरेर जान सक्नुहुनेछ,’ कम्पनीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘प्रत्यक्ष क्यामेरा इन्ड–टु–इन्ड इन्क्रिप्टेड भएकाले कम्पनीको पहुँच लाइभ भिडियोमा हुनेछैन ।’

विद्युतीय कारमध्ये सबैभन्दा लोकप्रिय ब्रान्ड टेस्लाको यो फिचरले अझै प्रयोगकर्ता आकर्षित हुने अनुमान गर्न सकिन्छ । पार्किङमा राखेको आफ्नो कारको प्रत्यक्ष निगरानी गर्न र सुरक्षाको सुनिश्चितताका लागि पनि यो सुविधा निकै प्रभावकारी हुने निश्चित छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *