वर्षा पीडित किसान परिवारलाई तुरुन्त राहत प्याकेज घोषणा गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले बेमौसमी वर्षाका कारण पुग्न गएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार विज्ञप्ति जारी गर्दै पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन्।

‘नेकपा (एमाले) बेमौसमी वर्षाका कारण पुग्न गएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘वर्षाका कारण ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्न बाध्य किसान दाजुभाइहरूको पीडाप्रति समानुभूति व्यक्त गर्दछ ।’

अवरुद्ध यातायातलगायत सेवाहरू तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्तिहरु र संकटमा परेका पर्यटकहरुको तत्काल उद्धार गर्न ध्यानाकर्षण गराउँदै भनिएको छ,‘वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछ । अवरुद्ध यातायातलगायत सेवाहरू तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्तिहरु र संकटमा परेका पर्यटकहरुको तत्काल उद्धार गर्न ध्यानाकर्षण गर्दछ ।’

एमालेले मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, अप्रत्यासित रुपमा आउने यस्ता विपत्तिहरूको पूर्व जानकारी पाउने व्यवस्था सुनिश्चित गर्न पनि सरकारसँग माग गरेको छ।

Comments

One response to “वर्षा पीडित किसान परिवारलाई तुरुन्त राहत प्याकेज घोषणा गर्न एमालेको माग”

  1. Bj k.c. Avatar
    Bj k.c.

    कात्तिकमा सडक विग्रेको छ।पाकेको धान नदी र खहरे खोलाको वाढीले लगाएको छ । सरकार मौन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *