पूर्वराजालाई बाबुराम भट्टराईको जवाफः चुपचाप संघीय गणतन्त्र स्वीकारेर बस्नुस

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रलाई चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेर बस्न सुझाव दिएका छन् ।

पूर्वराजाले आज दशैंका अवसरमा जारी गरेको शुभकामना सन्देशलाई लक्ष्यित गर्दै उनले यस्तो सुझाव दिएका हुन् । शाहले आफ्नो शुभकामना सन्देशमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र नेपालजस्तो देशमा सान्दर्भिक नहुने तर्क गरेका थिए । डा. भट्टराईले यसलाई भ्रमको खेति संज्ञा दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेति गर्नु र देशलाई पुनः द्वन्द्वमा धकेल्नु मात्रै हो ।पूर्वराजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु बेश हुनछ ।’

Comments

One response to “पूर्वराजालाई बाबुराम भट्टराईको जवाफः चुपचाप संघीय गणतन्त्र स्वीकारेर बस्नुस”

  1. गोकुल लामिछाने Avatar
    गोकुल लामिछाने

    तिमी हरु दलाल कुकुर हरु भन्दा त राजा नै ठीक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *