काठमाडौं । धितोपत्र बजारको शेयर कारोबार मापक नेप्स मंगलबार २८ दशमलव ३१ अंकले बढेको छ । नेप्सेले पछिल्ला दिनमा नयाँ–नयाँ रेकर्ड बनाउदै गएको छ ।
आज नेप्से परिसूचक १ दशमलव २६ प्रतिशतले बढ्दै २,२६७ दशमलव ७४ विन्दुमा पुगेको छ । यो अहिले सम्मकै उच्चतम विन्दु हो ।
आज भएको कारोबारमा आठ ओटा कम्पनीले ९ प्रतिशतभन्दा माथि कमाएका छन् ।
आज भएको १ करोड ३५ लाख ३१ हजार २२७ कित्ताको किनबेचमा ४ अर्व ९८ करोड २३ लाख ९१ हजार ८९७ कारोबार भएको छ ।

Leave a Reply