कैलालीपारि भारतको तिकुनियामा झडप, ८ जनाको मृत्यु

कैलाली । नेपाल–भारत सीमाना नजिकको भारतीय बजार तिकुनिया क्षेत्रमा किसानको आन्दोलनमा झडप हुँदा ८ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार चार किसान र अन्य चारजनाको मृत्यु भएको हो। अहिले पनि उत्तर प्रदेशस्थित तिकुनिया क्षेत्र तनावग्रस्त छ।

भारत सरकारले धानको मूल्य सही निर्धारण नगरेकाले किसान आन्दोलनमा थिए। सोही क्रममा भारतका केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्र टेनीका छोराले किसानमाथि गाडी चलाएको आरोप लागेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *