राष्ट्रसंघीय महासभामा भाग लिएर स्वदेश फर्किए परराष्ट्रमन्त्री खड्का

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर परराष्ट्रमन्त्री नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएको छ ।

त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खड्काले कोभिड-१९ महामारी, दिगो विकास, पृथ्वीको आधारभूत आवश्यकता र मानवअधिकार रक्षाबारे छलफल भएको बताए ।

महासभाको साइडलाइनमा भारत, बंगलादेश, कुवेत लगायत मुलुकका विदेशमन्त्रीसँग पनि छलफल भएको उनले जनाए । न्यूयोर्कमा गैरआवासीय नेपाली संघद्वारा आयोजित कार्यक्रममा उनले अमेरिकी अनुदान सम्झौता एमसीसी संसोधन नहुने समेत बताएका थिए ।

परराष्ट्रमन्त्रीको सपथ लिएकै दिनमा असोज ६ गते उनी न्यूयोर्कतर्फ प्रस्थान गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *