काठमाडौं । कमेडी च्याम्पियन सिजन २ को ग्रान्ड फिनाली आज राती ९ बजेदेखि सुरु हुँदैछ । ग्रान्ड फिनाली अघि तीनजना अन्तिम प्रतिस्पर्धीले नेपाल प्रेससँग भलाकुसारी गरेका छन् । प्रतिस्पर्धीहरु भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापाले आफूहरुले जित्ने आत्मविश्वास व्यक्त गरे । संक्षिप्त भिडिओ अन्तर्वार्तामा कुन प्रतिस्पर्धीले के भने ?
भरतमणी : ढुकढुक भैरहेको छ । हामी सबैलाई ढुकढुक भैरहेको छ । अरुले जित्दा पनि हामी खुशि नै हुन्छौं । हामीले सकेको गरेका छौं । यसको मूल्यांकन दर्शकले गर्नुहुन्छ । कमेडी च्याम्पियनजस्तो बेस्ट प्लेटफर्म भेटेको हो । जसरी पनि जित्छु भन्ने आशा थियो ।
जसले जितेपनि खुशि नै हुन्छु । इमान्दारीपूर्वक भएर भन्दा अघिल्ला साथीहरुलाई फलो गरेर आएका हौं हामी । भोलिको दिनमा पनि हामी केही गर्न चाहन्छौं कमेडी क्षेत्रमा । जानेको र बुझेको कुरालाई प्रस्तुत दिनेनै छौं । हामीलाई पनि डर लागेको छ । दर्शकले विजेता छानिसक्नु भएको होला । म डराउनु भनेको सबै दर्शक डराउनु हो ।
हामी कारको लागि लडेको होइन । यो त प्राइज मात्र हो । हामीले निखारता देखाउन पाएका छौं । जसले कार जितेपनि हामीले हामीले सँगै कुदाउने निर्णय गर्यौं । सहकार्य गर्दा यो कार हामीले नै युज गर्छौै ।
विक्की : रिजल्टले माइन्ड अकुपाइड भएको छ । टाढाबाट फस्ट टाइम जित्छु भनेरै आएको हो । भाग्य पल्टिने कुरा म गर्दिन । क्वालिटी अनुभव पाएको छु । जसले जितेपनि जित्ने नै हो । मोटिभेट भएर आएँ गाउँ पुग्दा । सबैको माया र मोटिभेटसनले हामी यहाँ छौं ।
सन्तोष : हामी तीनको जितभन्दा पनि कमेडीको जित हो । म सिकारु हुँ । दाईहरुले भोगेका अनुभव सेयर गरेका हौं । जित एउटाको भएपनि हामीले हाम्रो यात्रालाई रमाइलो तरिकाले अघि बढ्न र कमेडीलाई चिन्ने मौका पाइयो । जिल्लामा जाँदा सोचेको भन्दा फरक भेटियो । त्यहाँ भेट्दा उहाँहरुको माया पाइयो । उहाँहरुको समर्थन देख्दा राम्रै काम गरेको महसुस भयो । गर्व महसुस भयो ।

Leave a Reply