एमाले प्रचार विभाग जेठ २ मा फर्कियो

काठमाडौं । नेकपा (एमाले)को प्रचार विभागमा पनि जेठ २ मा जाने १० बुँदे सहमति कार्यान्वयन भएको छ।

हालका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले शुक्रबार पार्टी कार्यालयमा विभागको बैठक राखेर आफू अब विभागमा नरहेको र जेठ २ कै संरचना

प्रचार विभाग उपप्रमुख सूर्य थापाले भने जिम्मेवारी हस्तान्तरण भन्दा पनि जेठ २ अघिका र अहिलेका प्रचार विभागका दुवै टिमबीच अनौपचारिक छलफल भएको बताए । अरु विभागीय जिम्मेवारीको सन्दर्भमा पार्टी कमिटीले निर्णय गरेपछि मात्र टुंगो लाग्ने बताए ।  अनुसार जिम्मेरवारी फर्काउन चाहेको बताएका थिए।

माओवादी केन्द्रसँग एकता हुनुअघि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई थिए । जेठ २ अघि  योगेश भट्टराई प्रचार विभाग प्रमुख हुँदा पनि सूर्य थापा उपप्रमुख र विष्णु रिजाल सचिव थिए । हाल रिजाल विदेश विभाग उपप्रमुख छन् । थापा नेकपाकालमा पनि नारायणकाजी श्रेष्ठ प्रचार विभाग प्रमुख हुँदा पनि उपप्रमुख थिए ।

योगेश भट्टराईले प्रमुखमा फर्किँदा पनि थापा प्रचार विभाग उपप्रमुख नै रहने छन् ।

विभागका सदस्यहरुमा भने पहिले र अहिलेका मिलाएर बनाइने भएको छ। ज्ञवालीले प्रचार विभाग छाडेको भए पनि प्रवक्ता भने यथावतै छन् ।

ज्ञवालीले यसबारे पनि आफ्ना धारणा राख्दै १० बुँदे सहमति कार्यान्वयन गर्दा पद यथावत पुर्नस्थापित हुने तर जिम्मेवारी भने हेरफेर हुन सक्ने बताएका थिए।

बैठक बसेर पार्टीले नयाँ परिस्थिति अनुसार सबैलाई जिम्मेवारी दिने ज्ञवालीको भनाइ थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *