विशेष महाधिवेशन मागमा मृत्यु भइसकेका प्रतिनिधिको हस्ताक्षर, परिवारले फिर्ता लिए

काठमाडौँ । नेपाली कांग्रेस सर्लाहीका विशेष महाधिवेशन पक्षधर बनेर गरेको हस्ताक्षर परिवारले फिर्ता लिएका छन् ।

विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका उपेन्द्र रामको मृत्यु भइसकेको अवस्थामा उनका छोरा चन्दन मणिरामले नियमित महाधिवेशनका पक्षमा परिवार रहेकाले बुबाको नाममा भएको हस्ताक्षर फिर्ता लिन पार्टीमा निवेदन दिएका हुन् ।

उनले पार्टीको संगठनात्मक सुदृढिकरण, आन्तरिक एकता र दीर्घकालिन हितलाई सर्वोपरि राख्दै विशेष महाधिवेशनको प्रयोजनका लागि प्रयोग भएको हस्ताक्षर औपचारीक रुपमा फिर्ता लिएको भन्दै बुबाको नामको हस्ताक्षर फिर्ता लिएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *