ओखलढुंगाबाट ईश्वर पोखरेलसहित एमालेका ५ उम्मेदवार सिफारिस

ओखलढुंगा । नेकपा एमालेले आगामी निर्वाचनका लागि ओखलढुंगाबाट पार्टी नेता ईश्वर पोखरेलसहित ५ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।

बुधबार बसेको जिल्ला कमिटीको विस्तारित बैठकले पोखरलेको नाम एक नम्बरमा सिफारिस गरेको हो । पोखरेलको जन्मथलो ओखलढुंगा हो ।

यसअघि पोखरेलको नाम काठमाडौँ ५ बाट एकल सिफारिस भएको छ भने धनुषा–१ बाट पनि सिफारिस भएको छ । धनुषा पोखरेलले भूमिगतकालमा काम गरेको कार्यक्षेत्र हो ।

त्यस्तै ओखलढुंगाबाट जिल्ला इन्चार्ज यज्ञराज सुनुवार,कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ,जिल्ला कमिटी अध्यक्ष जिबी खड्का र नेता नानीबाबु बुढाथोकीको नाम पनि उम्मेदवारका रुपमा सिफारिस गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *