
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज धिरेन्द्र शर्माले पार्टी परित्याग गरेका छन् ।
शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘करिब तीस वर्षको संगठनात्मक आबद्धताको अन्त्य । गणतन्त्रपछि अब समाजवादको यात्रा ।’
उनी पूर्वप्रदेशसभा सदस्यसमेत हुन् । उनी माओवादी इलामका स्थापित तथा प्रभावशाली नेताका रूपमा चिनिन्छन् ।
स्रोतका अनुसार शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा आबद्ध हुने तयारीमा छन् । यद्यपि, यस विषयमा शर्माले औपचारिक घोषणा गरिसकेका छैनन् ।
लामो समयदेखि माओवादी पार्टीमा सक्रिय रहँदै आएका शर्माको पार्टी परित्यागले इलामको राजनीतिक समीकरणमा प्रभाव पार्ने अनुमान गरिएको छ ।

Leave a Reply