राजीनामा घोषणा गर्दै कुलमानले भने- ‘कुर्सीभन्दा माथि हुन्छ आत्मसम्मान र सरकार भन्दा ठूलो हुन्छ जनता’

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् ।

राजीनामा प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएपछि पत्रकार सम्मेलन गर्दै उनले कुर्सीमाथि आत्मसम्मान हुने बताएका छन् ।

यस्तै सरकारभन्दामाथि जनता भएको उल्लेख गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग भएको सहमतिमा आफ्नो नाम उल्लेख भए पनि अहिलेसम्म सहमति कार्यान्वयनमा नआएको बताए ।

उनले भने, कुर्सीभन्दा माथि हुन्छ आत्मसम्मान र सरकार भन्दा ठूलो हुन्छ जनता । रास्वपासँगको सहमतिमा मेरो नाम उल्लेख भए पनि हालसम्म औपचारिक रूपमा कार्यान्वयनमा आएको छैन। हालसम्म कुनै पनि पार्टीको सदस्यता लिएको छैन ।

उनले राजीनामा दिएपछि उक्त पदमा आफ्नो मान्छे नियुक्त गर्न दबाब दिएको भन्दै भ्रामक समाचार प्रकाशन भएकोप्रति पनि आफ्नो ध्यानाकर्षण गराएका छन् ।

यसअघिका अन्तरिम तथा चुनावी सरकारका मन्त्रीहरूले चुनाव लडेको इतिहास नेपालको नै रहेको बताउँदै उनले आफ्नो कार्यकालको अवधि छोटो भए पनि महत्त्वपूर्ण कामको जग बसालिएको बताएका छन् ।

मन्त्री घिसिङले आफ्नो कार्यकालमा भएका कामहरूको फेहरिस्त पनि सम्मेलनमा सुनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *