राजीनामा दिएपछि कुलमानले भने, ‘भोलिबाट नै मेरो राजनीतिक जीवन सुरु हुन्छ’

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइसहित ३ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले भोलिबाट नै आफ्नो राजनीतिक जीवन सुरु हुने बताएका छन् ।

प्रधानमन्त्रीलाई राजीनामा बुझाएपछि भएको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘भोलिबाट नै राजनीतिक जीवन सुरु हुन्छ । प्रभावकारी रूपमा सुरु हुन्छ ।’

देशभित्रका समस्याहरू समाधानका गर्नका आफू ३ वटा मन्त्रालयको जिम्मेवारीमा दिनरात खटेको उल्लेख गर्दै उनले हिजोसम्म पनि आफू मन्त्रालयको काममा नै राति ११-१२ बजेसम्म व्यस्त भएको बताए ।

मन्त्री घिसिङले भने, ‘प्रधानमन्त्रीको आग्रहको कारण म चुनौती लिएर , देशलाई निकास दिन पर्छ भनेर मन्त्रिमण्डलमा आएको थिएँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *