यी हुन् वागमतीका १० जिल्ला संयोजन गर्ने एमालेका इञ्चार्ज

काठमाडौं । नेकपा एमालेले वागमती प्रदेश अन्तर्गत उपत्यकाका ३ जिल्लाबाहेक अन्य १० वटा जिल्ला कमिटीमा चुनावसम्मका लागि कामको संयोजन गर्न इञ्चार्जहरु तोकेको छ ।

सचिवालय बैठकले प्रदेश इञ्चार्जमा सचिव महेश बस्नेतलाई जिम्मा दिइसकेको छ ।

सिनियर केन्द्रीय सदस्यलाई इञ्चार्जको जिम्मा दिने भनिएकोमा काभ्रेपलान्चोकमा भने यसअघि पोलिटव्युरो सदस्य रहिसकेका र हाल सचिवमा पराजित भएर केन्द्रीय सदस्य जितेका तत्कालीन जिल्ला इञ्चार्ज गोकुल बास्कोटाको जिम्मेवारी भने खोसिएको छ ।

बास्कोटाको ठाउँमा पहिलोपटक केन्द्रीय सदस्य बनेका अशोक ब्याञ्जुलाई इञ्चार्ज बनाइएको छ

यी हुन् एमालेका वागमती प्रदेश अन्तर्गतका जिल्ला संयोजन गर्ने इञ्चार्जहरु,

१ सिन्धुली, प्रदीप कटुवाल

२ रामेछाप, माधव ढुङ्गेल

३ काभ्रेपलाञ्चोक, अशोक ब्यन्जु

४ सिन्धुपाल्चोक, सुवास कर्माचार्य

५ धादिङ,भूमि त्रीपाठी

६ दोलखा,पार्बत गुरुङ्ग

७ नुवाकोट,केशब पाण्डे

८ रसुवा,प्रेम तामाङ्ग

९ मकवनपुर,रामेश्वर राना

१० चितवन,देवी ज्ञवाली

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *