बुढीगंगा नगरपालिकाको अधिवेशनबाट १९ ऐन पारित

बाजुरा । बुढीगंगा नगरपालिकाको १३औं अधिबेशनबाट विभिन्न १९ वटा विधेयक पारित गरिएको छ ।

नगरप्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा भएको अधिवेशनबाट आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, उद्योग तथा व्यवसायीक फर्म (दर्ता तथा नियमन) ऐन, कृषि तथा पशुपंछी ऐन, जनस्वास्थ्य ऐन, तथ्याङ्क तथा अभिलेख व्यवस्थापन ऐन र फोहोरमैला व्यवस्थापन ऐन, २०८२ पारित गरिएको छ ।

यस्तै गरेर नगर अधिवेशनले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, स्थानीय सार्वजनिक सवारी तथा यातायात व्यवस्था ऐन, बुढीगंगा नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, आकस्मिक कोषको व्यवस्थापन गर्न बनेको विधेयक, आधारभूत तथा माध्यामिक तहको शिक्षा सम्बन्धमा व्यवस्थापन गर्न बनेको विद्येयक, र केही नगर ऐन संशोधन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विद्येयक पारित गरेको छ ।

नगर प्रमुख बानियाँका अनुसार त्यस्तै गरेर उपभोक्ता हक हित संरक्षण ऐन, २०७९, खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन, २०८०, जलस्रोत ऐन २०८०, पूर्वाधार व्यवस्थापन ऐन, २०७८, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७९, संघ, संस्था दर्ता ऐन, २०७९ र बुढीगंगा नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८२ पारित गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *