रास्वपा : प्रतिनिधिसभा निर्वाचनमा उम्मदेवार बन्न चाहने सदस्यले आन्तरिक छनोटका लागि २६ गतेसम्म आवेदन दिनुपर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनौट प्रक्रियामा सहभागी हुन चाहनेहरुका लागि आवेदन दिने समय २६ गतेसम्म खुला रहने भएको छ ।

पार्टीको आन्तरिक उम्मेदवार छनौट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यहरुलाई उम्मेदवार छनोट रूपरेखा बमोजिम आवेदन दिन रास्वपाले आग्रह गरेको छ ।

उम्मेदवारी राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप मार्फत दिन सकिने उक्त पार्टीले जनाएको छ । आवेदन शुल्क २५ हजार तय भएको छ ।

योग्यता पुगेका पार्टी सदस्यहरुले आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा आफ्नो आवेदनसाथ निम्न कागजातहरू अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालय वा इमेलमार्फत् (candidateselectionrsp@gmail.com) उम्मेदवार छनोट समितिमा पेश गर्नुपर्ने पनि रास्वपाले जनाएको छ ।

निम्न

क. सम्बन्धित सरकारी निकायले जारी गरेको विपन्नताको परिचयपत्र

ख. सम्बन्धित पार्टी पालिका समितिबाट जारी सिफारिस पत्र

• उपलब्ध कागजातहरूको आधारमा आवेदन शुल्क मिनाहा गर्ने/नगर्ने सम्बन्धमा अन्तिम निर्णय पार्टी केन्द्रीय सचिवालयले गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *