क्यान्सर प्रभावित विपन्नलाई कोष जुटाउन मध्य पहाडी लोकमार्ग साइकल यात्रा अभियान

भोजपुर । मध्य पहाडी लोकमार्ग साइकल यात्रा अभियानको टोली भोजपुरमा आइपुगेको छ । अंग्रेजी नयाँ वर्ष २०२६ जनवरी १ बाट पाँचथरको चिवाभञ्ज्याङबाट शुरु गरेको टोलीको यात्रा मङ्गलवार भोजपुर आइपुगेको हो ।

धुलिखेल अस्पतालमा उपचार गराउन आउने क्यान्सर प्रभावित विपन्न नागरिकको लागि कोष संकलन गर्ने उद्देश्य सहित यो टोली पाँचथरको चिवाभञ्ज्याङदेखी बैतडीको झुलाघाटसम्म साइकल यात्रामा निस्किएको हो ।

मध्यपहाडी लोकमार्गको १८ सय किलोमिटर यात्रा गर्न टोलीले एक महिना तय गरेको छ । क्यान्सर विजेता एवं लिड राइडर हर्क लामाको अगुवाइमा अर्को क्यान्सर विजेता एवं लिड राइडर कविता चित्रकारसहित ८ जना साइक्लिस्ट अगुवा सहित टोली १४ जनको रहेकोसाइक्लिस्ट साइकल यात्राका संयोजक डा. तारालाल श्रेष्ठले जानकारी दिए ।

साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहकार्यमा यो यात्रा अगाडि बढेको हो । यात्रा अवधिभरि विभिन्न स्थानमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर विषय माथि जनचेतना कार्यक्रम समेत टोलीले चलाइरहेको प्रा डा सुमन राज ताम्राकारले बताए ।

क्यान्सर पीडित तथा सर्वाइभरलाई हौसला प्रदान गर्ने साथै सहयोगका लागि साइक्लिङ अभियान सुरु गरिएको लिड राईडर हर्क लामाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *