एमालेको प्रचार विभाग प्रमुखमा मीन बहादुर शाही

काठमाडौं । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन भएका छन् ।

पार्टीको आज बसेको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कालिकोट निवासी शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभुमीबाट एमाले राजनीतिको मुलधारमा प्रवेश गरेका हुन् ।

शाही सामुदायिक सुचना नेटवर्कको संस्थापक,सामुदायिक रेडियो प्रशारक संघ (अकोर्याब)को दुई कार्यकाल अध्यक्ष भएका थिए । शाही सामुदायिक रेडियो विश्व संगठनको सहअध्यक्ष हुन् ।
शाही ११ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य चयन भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *