वीरगंजमा दिउँसो १ बजेसम्म कर्फ्यु

वीरगञ्जमा कर्फ्यु । फाइल तस्बिर

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगर क्षेत्रमा आज बिहान ८ बजेदेखि पुनः कर्फ्यु थपेको छ ।

सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्म जारी भएको कर्फ्यु आदेशमा थपेर दिउँसो १ बजेसम्मलाई जारी गरिएको हो । वीरगंज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यू आदेश जारी भएको छ ।

वीरगंज महानगर क्षेत्रमा दुई समुदायबीच हुनसक्ने सम्भावित मुडभेडलाई लक्षित गर्दै कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जनाएका छन् ।

वीरगंजमा सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो । पछिल्लो समय यहाँ दुई समुदायबीच विरोध प्रदर्शनका कार्यक्रम हुँदै आइरहेका छन् ।

कर्फ्युको समयमा सर्वसाधारणलाई घरबाहिर निस्कन र हिँडडुल गर्न पूर्ण रूपमा रोक लगाइएको छ । आदेशको उल्लङ्घन गर्नेलाई कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *