ओखलढुंगाको च्यूरीडाँडा स्कूलका विद्यार्थी र शिक्षक कर्मचारीलाई शैक्षिक सामग्री विवतरण

ओखलढुंगा । युवा व्यवसायी तथा सामाजिक कार्यमा संलग्न युवाहरुको अगुवाईमा लिखु गाउँपालिका– १ स्थित च्यूरीडाँडा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो विद्यालय पोशाक तथा स्कुल ब्याग वितरण गरिएको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई समेत ब्याग प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।

सोही वडा निवासी व्यवसायी तथा सामाजिक र राजनीतिक कार्यकर्ता अनिलराज सुवेदी र चम्पादेवी गाउँपालिका–१० निवासी मनोज बोगटीको पहलमा विद्यालयका शिक्षक,कर्मचारी र विद्यार्थीलाई ती सामग्री प्रदान गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक नोमराज सुवेदीले युवा अभियन्ताहरुको सहयोगले विद्यार्थीहरूको आत्मविश्वास वृद्धि हुनुका साथै शिक्षण–सिकाइ वातावरण अझ सकारात्मक, प्रेरणादायी र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।

यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कर्कीले समाजसेवी सुवेदी र बोगटीले विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा ब्याग र शिक्षक–कर्मचारीहरूलाई ब्याग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे । शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्य निरन्तर हुने अपेक्षा समेत गरे ।

लिखु गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिराबहादुर कार्कीले पनि सहयोगप्रति आभार व्यक्त गर्दै समाजसेवीहरूको पहलले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *