
रुपन्देही । एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि नेकपा एमालेले सूर्य थापाको नाम एकल सिफारिस गरेको छ ।
उनी यसअघि ०७९को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । सोमबार बसेको एमाले बैठकले उनको एकल नाम सिफारिस गरेको एमाले जिल्ला सदस्य गिरु भण्डारीले नेपाल प्रेसलाई जानकारी दिए ।
थापाले कांग्रेस-माओवादीसहितको तत्कालीन ५ दलको सत्ता गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरसहित जितेका थिए ।
थापाले ४१ हजार ११८ मत पाएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मत पाएकी थिइन् । थापा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान इन्चार्ज रहेका थिए । अहिले पनि उनी केन्द्रीय कमिटीमा निर्वाचित छन् । यो क्षेत्रमा २०७४ मा पौडेलले जितेकी थिइन्।

Leave a Reply