
काठमाडौं । प्रहरीले ठमेलमा ट्याक्सीबाट २ बालिकाको उद्धार गरेको छ । यस्तै २ जना विचौलियालाई पक्राउ पनि गरेको छ ।
संचयकोष चोक नजिक बा २ ज २३२७ नम्बर को ट्याक्सीमा शङ्कास्पद तवरले २ जना बालिकाहरूलाई राखी लिएर जान लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
ट्याक्सी भित्र रहेका राजन तामाङ र लक्ष्मण तामाङले विभिन्न मितिमा विभिन्न व्यक्तिहरूसँग महिलाहरूको फोटो आदान प्रदान तथा रकमको विषयमा सौदाबाजी समेत गरेको पाइएको प्रहरीले जनाएको छ ।
महिला तथा बालबालिकाहरूलाई ललाई फकाई यौनजन्य क्रियाकलापमा संलग्न गराउने गरेको देखिएकोले निजहरूलाई पक्राउ गरी अभद्र व्यवहार कसूर र मानव बेचबिखन तथा ओसारपसार कसूर उपर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply